धनगढीमा एमाले रिङआउट ! मकैको बोटले कांग्रेसको रुखलाई छेक्न मुस्किल

 धनगढी उपमहानगरको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रको रिङआउट भएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृप वडलाई पछ्याइरहेका छन् तर, भेट्टाउने सम्भावना कम देखिन्छ ।अहिले वडा नम्बर ९ को मत गणना अन्तिम चरणमा पुगेको छ भने ११ र १२ नम्बर वडाको मतगणना जारी छ । १० नम्बर वडाको मतपेटिका खोल्न बाँकी छ ।पछिल्लो मत अपेडट अनुसार कांग्रेसका उम्मेदवार वडले १८०० बढी मतको अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार नृपले १२ हजार ५६२ मत पाएका छन् भने गोपालले १०७२६ मत पाएका छन् ।र, अब ५ हजार मत गणना हुन बाँकी छ र गोपाल हमालले भेट्टाउने सम्भावना कम लगभग छैन ।
एमाले र माओवादी रिङआउट
मत गणना अन्तिम चरणमा पुग्दा माओवादीले हार स्वीकार गरिसकेको छ भने एमालेको पनि सम्भावना छैन । माओवादीका मेयरका उम्मेदवार राम समझ रानाले अनलाइनखबरसँग भने, ‘अब हाम्रो सम्भावना रहेन भन्दा हुन्छ ।’
उनका अनुसार अपेक्षा गरिएका वडा १ र १९ मा माओवादीको भोट नै आएन । अब एमाले र माओवादीको प्रतिस्पर्धा तेस्रो स्थानका लागि सुरक्षित गर्न देखिन्छ ।
पछिल्लो अपडेट अनुसार माओवादी केही मतले तेस्रो स्थानमा छ । तर, उसले यसलाई कायम राख्न सक्छ कि सक्दैन भन्न गाह्रो छ । माओवादीले मेयरमा ८७४९ मत पाएको छ भने एमालेले ८७३३ मत पाएका छन् ।
माओवादीले वडा नम्बर १० र ११ नम्बर वडामा आश गरेको छ ।
गोपालले नृपलाई रोक्न मुस्किल
मकैको बोट चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीमा निकै राम्रो मत पाएका छन् ।
तर, कांग्रेसको संगठित मतका कारण उनले पाएको मत नृपलाई रोक्न पर्याप्त रहेन । गणना सकिएको १ देखि ८ र १३ देखि १९ वडाको मत विश्लेषण गर्दा स्वतन्त्र उम्मेदवार हमालले १, २, ३, ४ र ४ नम्बर वडामा लोभलाग्दो मत पाएका छन् ।तर, कांग्रेस उम्मेदवार नृप ओडले १ मा गोपालले भन्दा पनि बढी मत पाएका छन् भने ५ मा पनि उनले भन्दा झण्डै सय मत मात्र कम पाएका छन् । २ नम्बर वडामा गोपालल नृपको अन्तर करिव ४ सय छ भने अन्य वडामा पनि पार्टीको मत केही मात्र गुमाएका छन् । यसका बाबजुद १ देखि ५ नम्बर वडामा समग्रमा गोपालले नृपले भन्दा करिव १८ बढी मत पाएका छन् ।
तर, बाँकी सबै वडामा नृप हावी भए । ६, ७, ८ का साथै १३ देखि १९ वडामा उनले गोपालले भन्दा धेरै मत पाएका छन् । यी वडाहरुमा गोपालले १ र १३ बाहेक अन्यमा ५०० मत पनि कटाएका छैनन् भने नृपले हरेक वडामा मकैको बोटले भन्दा बढी मत ल्याएका छन् । समग्र हिसावमा गोपालले ३६६७ मत पाउँदा नृपले ६५५७ मत पाएका छन् । यही मतले उनले गोपाललाई भेट्टाएनन्, मात्र हजार बढी मतको अग्रता समेत लिन सफल भएका छन् ।
अहिले गणना भइरहेको तर, औपचारिक घोषणा हुन बाँकी ९ नम्बर वडामा पनि नृप अगाडि छन् । १० र ११ मा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि गोपालले मत सम्मानजनक मत पाउनेमा शंका छैन ।

तर, उनले पाउने मतले नृपले लिएको हजार बढी मतको लिडलाई भेट्टाएर जित्न गाह्रो छ ।

रामेछापमा मत गणना जारी १ नरपालिका र ३ गाउँपालिकामा सम्पन्न

कैलाश खत्री, मन्थली
४ वैशाख २०७४
रामेछाप जिल्लमा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्य १ नगरपालिका  ३ गाउँपालिकाको मत गणना सकिएको छ ।  पछिल्लो मत परिणाम अनुसार मन्थली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 
 नेकपा एमालेका रमेशकुमार बस्नेत ६ हजार ५ सय २९ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ भने हाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका विनोद कार्कीले  ५ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ । 
त्यसैगरी उपमेयर पदमा पनि नेकपा एमालेकै माया कार्की ६ हजार ५ सय ७ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा अधिकारीले ५ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।  
त्यसैगरी उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
  उमाकुण्डको परिणाम अनुसार गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेत विजयी हुनुभएको छ । 
 सुनुवारले ३ हजार १ सय ७५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिपस्पर्धी हिक्मत सुनुवारले २ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ । 
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेतले २ हजार ३ सय १८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगेन्द्र बहादुर बस्नेतले १ हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ । 
उमाकुण्ड गाउँपालिका अन्तर्गत रहेको ७ वटा वडाहरु मध्ये ३ वटा वडाको अध्यक्ष नेकपा एमालेले जितेको छ भने नेपाली काँग्रेसले २ र माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेको छ । 
जसमा नेकपा एमालेबाट वडा नम्बर ५ मा कुविर खत्री, वडा नम्बर ६ मा कृष्णकुमार सुनुवार र वडा नम्बर ७ मा रुद्रमणि नेवार वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर १ मा नोर्वु शेर्पा र वडा नम्बर ३ मा रमेशकुमार सुनुवार विजयी हुनुभएको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर २ मा खम्बध्वज बस्नेत र ४ बाट मानबहादुर सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । 
 गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवार ३ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नानिबाबु बस्नेतले ३ हजार १ सय ५२ मत ल्याउनु भएको थियो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेकपा एकालेकै तर्फबाट राधिका श्रेष्ठ विजयी हुनुभएको छ । 
आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका तुलसा खड्कालाई ७ सय ६४ मतले पछिपार्दै ३ हजार ६ सय ८८ मतका साथ राधीका श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । गोकुलगंगा गाउँपालिका अन्तर्गत वडा नं. ४ मा नेपाली काँग्रेसको देवराज कार्कीको प्यान र वडा नं. ६ चन्द्र सुनुवारको प्यानल विजयी भएको छ । 
त्यसैगरी वडा नं. ५ मा एमालेको तर्फबाट बलराम खड्का र वडा नंं २ मा शेखरमान श्रेष्ठको प्यानल विजयी भएको छ भने वडा नं. ३ मा पनि नरविक्रम कार्कीको प्यानल विजयी भएको छ । 
वडा नं. १ मा अध्यक्ष पदमा नेपाली काँग्रेसका मणिकुमार सुनुवार विजयी हुनु भएको छ भने अन्य सदस्यहरुमा नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र भने निल गएको छ ।
दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । अध्यक्ष पदमा माओवादी केन्द्रका कमानसिहं मोक्तान ४ हजार २ सय ४१ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँको प्रतिस्पर्धी एमालेका प्रेम तामाङले ३ हजार ७ सय ४५ मत ल्याउनु भएको छ । 
दोरम्बाको उपाध्यक्ष पदमा ४ हजार ३ सय ७९ मत ल्याएर माओवादी केन्द्रकी क्रिशला घिसिङ विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी शुभद्रा कँडेलले ३ हजार ५ सय ९९ मत प्राप्त गर्नुभएको छ । 
  रामेछाप नगरपालिका र अन्य तीन गाउँपालिकामा भने मत गणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार नरबहादुर थापामगरको ३ हजार ५२ मत रहेको छ । नेकपा एमालेका रोशन पाख्रिनको ३ हजार १० मत रहेको छ । त्यसैगरी माओवादी केन्द्रका मेयरका उम्मेदवार शिशिर खड्गीको १ हजार ९ सय ८ मत रहेको छ ।  
रामेछाप नगरपालिकामा  १८ हजार ९ सय ४९ मतदाता रहेमा १३ हजार ३३ मत खसेको थियो । 
त्यसैगरी नेकपा एमालेले अग्रता लिएको लिखु गाउँपालिकामा नेकपा एकालेको तर्फकाबाट अध्यक्षका उम्मेदवार गोविन्द खड्काको ४ हजार ५ सय ९५ मत रहेको भने दोश्रो स्थानमा रहेको नेपाली काँग्रेसका अध्यक्षको उम्मेदवार चन्द्र राउतको २ हजार  ५ सय ३४ मत रहेको छ । त्यसैगरी तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका धु्रव कार्कीको १ हजार ९ सय ८ मत रहेको छ । 
खाँडादेवि गाउँपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस तर्फकाट अध्यक्षका उम्मेदवार बेदराज लामाको १ हजार ६ सय ७ मत रहेको छ भने नेकपा एमालेका प्रेम तामाङको १ हजार ६ सय ३१ मत रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको अध्यक्षका उम्मेदवार शिवकुमार कार्कीको १ हजार १ सय ८० मत रहेको छ ।
नेकपा माओवादी केन्द्रले अग्रता लिएको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धावा लामाको २ हजार ५ सय ३७ मत रहेको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको नेपाली काँग्रेसको २ हजार ३ सय मत रहेको छ भने तेश्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार प्रदिप योञ्जनको ७ सय ७२ मत रहेको छ । 

महानायक राजेश हमालले पनि खुलेरै गरे केपी ओलीको प्रशंसा

काठमाडौं,  । महानायक राजेश हमालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेरै प्रशंसा गर्नुभएको छ ।राष्ट्र र जनहित विपरित रहेको संविधान संशोधन विधेयकविरुद्ध अन्य ९ पार्टीलाई संगै लिएर आन्दोलनको नेतृत्व गरिरहनुभएका पूर्व प्रधानमन्त्री ओलीको महानायक हमालले सामाजिक सञ्जालमार्फत प्रशंसा गर्नुभएको छ । शुक्रबार मध्यान्ह आफ्नो फेसबुक एकाउटमा स्टाटस लेखेर उहाँले ओलीको प्रशंसा गर्नुभएको हो । उहाँले नेता ओली र आफ्नो दुई तस्बिरहरुलाई जोडर एकैसाथ फेसबुकमा समेत राख्नुभएको छ ।महानायक हमालले आफ्नो फेसबुक एकाउन्ट मार्फत भन्नुभएको छ- ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ । शुभकामना ।’ उहाँले आफ्नो स्टाटसमा नेता ओली नेतृत्वले संशोधन विधयेकविरुद्ध थालेको आन्दोलनलाई समेत शुभकामना दिएको प्रष्ट देखिएको छ । उहाँको फेसबुक स्टाटसको अन्यमा लेखिएको शुभकामना शब्दले नेता ओलीले थालेको आन्दोलनलाई समर्थन गरेको बुझिन्छ ।ओलीको खुलेर प्रशंसा गर्नुभएका हमालले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्याता समेत लिनुभएको छैन । साथै उहाँले कुनै पनि पार्टी विशेषको नीति तथा कार्यक्रमसँग सहमत हुने गरी सार्वजनिक रुपमा भाषण समेत दिनुभएको छैन । गएका चुनावी माहोलमा महानायक हमाल पार्टी प्रवेश गर्ने हल्ला चलेपनि त्यो हल्लामा मात्रै सिमित भएको थियो । पछिल्लो समय थुप्रै कलाकारहरु पार्टी प्रवेश गरिरहेको बेलामा महानायक हमाल भने देशको समृद्धिका लागि कदम चाल्ने व्यक्तिको प्रशंसा गर्दै आउनुभएको छ ।कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अन्य कलाकारहरु पार्टी प्रवेश गर्ने लहर चलिरहेका बेला महानायक राजेश हमाल भने अहिलेसम्म कुनैपनि पार्टी विशेषमा राष्ट्रियताको पक्षमा लाग्ने नेताहरुको प्रशंसा गर्दै आउनुभएको छ ।केही समय अघि नायिका रेखा थापा र कोमल ओली राप्रपामा प्रवेश गर्नुभएको थियो भने करिष्मा मानन्धर र सरोज खनाल नयाँ शक्ति पार्टीमा लाग्नुभएको छ ।पछिल्लो समय कला, साहित्य क्षेत्रका व्यक्तित्वहरुले ओलीसँग भेटघाट बढाउनुभएको छ भने प्रशंसा गर्दै राष्ट्रियता जोगाउन हौसला दिइरहनुभएको छ ।

कर्मचारी सरूवामा पैसाको चलखेल

झन्डै एक महिनाको कसरतपछि सरकारले शुक्रबार गरेको सयौं कर्मचारीको सरूवा विवादमा तानिएको छ। सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ। त्यसका लागि कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमै गएर सचिव पूर्णचन्द्र भट्टराईलाई घराउ गरेका थिए।
सरकारले शुक्रबार७ सय ९२ जना कर्मचारीको सरुवा गरेको हो। भदौ मसान्तसम्म अन्तर मन्त्रालय कर्मचारी सरूवा गर्नुपर्ने निजामति सेवा नियमावलीको शंशोधित प्रावधान अनुसार सामान्य प्रशासन मन्त्रालयले सयौंको संख्यामा कर्मचारी सरूवा गरेको हो।
अधिकांश कर्मचारीले भीडभाडसँगै अतिरिक्त कमाइ हुने, पदीय पहुँच र प्रभाव देखाउन पाउने र बजेट परिचालन गर्न पाउने मालदार मन्त्रालय र निकायमा सरूवा हुन सामान्य मन्त्रालयमा प्रयास गरेका थिए। सोही अनुसार राजनीति आस्था, पहुँच र प्रभावका भरमा सयौ कर्मचारीको सरूवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ।

ओलीलाई पौडेलको चुनौति- छ महिनाभित्र चुनाव गर, नभए सरकार छाड

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ६ महिनाभित्र स्थानीय चुनाव गर्न सरकारलाई आग्रह गरेका छन् । नभए सरकार छाड्नु पर्ने उनले बताए ।
नेपाल विद्यार्थी संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै पौडेलले ६ महिनाभित्र गाउँपालिका बनाएर त्यसको चुनाव गराउन सम्भव रहेको दाबी गरे ।
पौडेलले भने, ‘गाउँ पालिकाको चुनाव नै भोलिको संसदको जग हो । म सरकारलाई के भन्न चाहान्छु भने, गाउँपालिका बनाएर ६ महिनाभित्रमा यसको चुनाव गराऊ सक्दैनौ भने छोड ।’
उनले गाउँपालिका बनाएर स्थानीय निकायको चुनाव नगराए देशमा संकट आउने खतरा पौडेलले औंल्याए । उनले भने, ‘यो संसद सकिन्छ माघ ७ गते र अर्को संसद नआउने भयो भने भ्याकुम हुन्छ देशमा । रिक्तता कायम हुन्छ मुलुकमा । त्यसैले राष्ट्रमा आउने खतरालाई ध्यान दिनुपर्‍यो ।’

नेपाल भारतवेष्टित राष्ट्र होइन, भूपरिवेष्टित हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताएका छन्। 
 
आज पूर्वी चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो।” 
 
चीन पनि छिमेकी मूलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्ट्रिकोण सरकारको बराबर रहेको उनको भनाइ थियो । 
 
नेकपा(एमाले) चितवनको आयोजना गरेको भेलामा उनले एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहु¥याउने गरी कुनै पनि काम नगर्ने बताए। 
 
एमालेको नेतृत्वमा संविधान जारी भएको भन्दै उनले अब देशले विकासको गति लिने बताए। विकासका लागि सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने बताउँदै प्रधामन्त्री ओलीले दुई वर्षमा उपभोक्ताले मागेजति विद्युत् प्रवाह गर्ने बताए। उनले पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको सडक निर्माणका लागि सरकारले योजना तयार गरिसकेको बताए। 
 
दुई वर्षभित्र केरुङ्बाट काठमाडाँै जोड्ने दुई लेनको सडक निर्माण गरिसक्ने सरकारको योजना रहेको र मुलुकलाई दुई वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री ओलीले दावी गरे। रासस 
 

छोरी-ज्वाइँको घर आएकी शान्ताको जलेर मृत्यु

३० फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका १४ भटौलीमा एक महिलाको घर भित्रै जलेर मृत्यु भएको छ । शनिबार राति जीतबहादुर सार्कीको घरमा आगलागि हुँदा उनकी सासु ८२ वर्षीया शान्तामाया सार्कीको जलेर मृत्यु भएको स्थानीय छत्र मुग्रातीले जानकारी दिए । छोरी-ज्वाइँको घरमा बस्दै आएकी सार्की राति घरमा एक्लै सुतेकी थिइन् । छोरी-ज्वाइँ भने नजिकैको गोठमा सुतेका थिए । राति १ बजेतिर घरमा आगो लागेको थाहा पाएपछि स्थानीयहरु भेला भएका थिए । त्यतिबेलासम्म घरमा आगलागी भएर शान्तामायाँको आधाभन्दा बढी भाग जलिसकेको थियो । शव जलेको अवस्थामा आइतबार विहान निकालिएको छ । आगलागिको कारण खुल्न सकेको छैन । स्रोत :- अनलाईन खबर 

धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

धादिङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । धादिङलाई केन्द्र बनाएर आज बिहान ११ बजे  ४ दशमलव रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण राजधानी उपत्यकासहित चितवन र मकवानपुर आसपासका जिल्लाहरुमा समेत झड्का महसुस भएको थियो ।

तपाईलाई दिशा धुन अल्छी लाग्छ ?अब आफैँ दिशापिसाव धोइदिने ट्वाइलेट प्यान नेपालमा

विकसित मुलुकहरुमा प्रचलित भइसकेको अटोमेटिक ट्वाइलेट प्यान नेपालमा पनि उपलब्ध हुन थालेको छ। ट्वाइलेट गइसकेपछि दिशापिसाव आफैँ धोइदिने अटोमटिक ट्वाइलेट प्यानलाई बालाजुमा रहेको सजना ट्रेड लिंक प्राइभेट लिमिटेडले विक्री सुरु गरेको छ ।सजना ट्रेड लिंकले जापानीज कम्पनी पानासोनिकको कम्पनीबाट उत्पादित अटोमेटिक ट्वाइलेट प्यानको विक्री सुरु गरेको हो। संगीत समेत सुन्न मिल्ने अटोमेटिक ट्वाइलेटको सेन्सर आफैँले दिशापिसाब पश्चात फल्स गर्ने  गर्दछ। साथै यो ट्वाइलेटमा पानी तातो चिसो दुवै बनाउन मिल्छ भने तातो हावाबाट पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्न पनि सकिन्छ।यस्तो अटोमेटिक ट्वाइलेटहरुको मूल्य ९८ हजार ५ सय देखि २ लाख ३० हजार सम्म रहेका छन्। सजना ट्रेडलिंकका प्रोपाइटर सरोज न्यौपानेका अनुसार ९८ हजार ५ सय रुपैयाँमा उपलब्ध अटोमेटिक ट्वाइलेटमा दिशापिसाब आफैँ धुने सिस्टम जडान भएकोले महँगो भएको बताए।तर अटोमेटिकक ट्वाइलेट प्रयोग गर्नलाई विद्युत भने अनिवार्य रुपमा उपलब्ध हुनपर्छ। विद्युतले प्यान सिट तातो बनाउछ। ट्वाइलेट जडान पश्चात सुरुमा ८ देखि १२ मिनेट  ४८ वाट विद्युत खपत गर्दछ। तर अन्य दिनमा शौचालय प्रयोग गर्दा भने ८ देखि १० वाट मात्रै विद्युत खपत हुने न्यौपाने बताउँछन्।
विद्युतको सहायतमा नै यसको कोमटमा पानी तातो र चिसो बनाइन्छ। साथै  विद्युतको सहायतामा नै  तातो हावा निकालिन्छ। यसको कोमटको दायाँ भागमा विभिन्न बटनहरु रहेका हुन्छन्। जसको सहायताले पानी चिसो तातो बनाउन सकिन्छ ।सजना ट्रेड लिंकले आफ्ना ग्राहकको लागि  फ्रि डेलिभरीको व्यवस्था गरेको छ।  साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी प्रदान गरिने न्यौपाने बताउँछन्। विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिबा लागि यो निकै नै उपयोगी हुने न्यौपाने बताउँछन्। साथै पायल्सका रोगीहरुका लागी समेत यो ट्वाइलेट बढी उपयोगी रहेको उनको भनाई छ।सन् २०१० मा  कामको सिलसिलामा जापानमा गएको बेला न्यौपानेले आफैँ दिशापिसाब धोइदिने ट्वाइलेट देखेपछि नेपाल आएर उनले त्यसलाई नेपालमा भित्र्याएका हुन्।

महिलामाथि दुई अपरिचतले गरे एसिड प्रहार

दाङ, फागुन २८ । दाङमा एक महिलामाथि एसिड प्रहार भएको छ ।घोराही नगरपालिका–२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि विहीबार राति एसिड प्रहार भएको हो ।आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले उनीमाथि एसिड प्रहार गरेर फरार भएका थिए । एसिड प्रहारबाट चौधरीको कान र गालामा घाउ बनेको छ ।एसिड प्रहार गर्नेहरुकोखोजी भइरहेको जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।चौधरीको बाँकेको कोलहपुरस्थित शिक्षण अस्पताल उपचार भइरहेको छ ।

सुसाइट नोट फेसबुकमा पोष्ट गरेका युवालाई प्रहरीले बचायो

सुसाइट नोट लेखेर फेसबुक वालमा पोष्ट गरेका एक युवकलाई प्रहरीले आत्महत्या गर्नबाट बचाएको छ। बिहीबार झापाका एक युवकले आत्महत्या गर्न लागेको सूचना फेसबुकमा पोष्ट गरे लगत्तै फेसबुक आयरल्याण्डले उक्त पोष्ट गरेपछि निजको प्रोफाईल एक्टिभिटि शून्य पाएकाले तत्काल नेपाल प्रहरीलाई खबर गरेको थियो।ती युवाले अंग्रजी भाषामा सु साइड नोट पाेष्ट गरेका थिए।बिहीबार राति साढे १२ बजे नेपाल प्रहरीलाई ईमर्जेन्सी एलर्ट गराई ज्यान रक्षाको लागि अनुरोध गरेलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक  पशुपतिकुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले ईमर्जेन्सी रेस्पोन्स गरी तत्काल अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।अनुसन्धानबाट बिएमा अध्यनरत आत्महत्या गर्न लागेको युवकलाई पत्ता लगाएर आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटना हुनबाट जोगाएको प्रहरीले जनाएको छ। सामान्य अवस्थामा आए पश्चात युवकले नेपाल प्रहरीको तदारुकता माथि आश्चर्य  व्यक्त गर्दै धन्यवाद दिँदै अब उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेको प्रहरीले बताएको छ ।  स्रोत :- setopati 

सरकार फेर्ने बहसः अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएसँगै नयाँ सरकारको बहस सुरु भएको छ । यो बहसमा प्रधानमन्त्री केपी ओलीसमेत सार्वजनिकरुपमा सहभागी भइसकेका छन् ।देउवा आफैंले त केही भनेका छैनन् तर, उनका निकटवर्तीहरु बोलिरहेका छन् । र, उनीहरुको अभिव्यक्तिबाट के प्रष्ट हुन्छ भने केन्द्रीय सदस्यहरुको मतगणना सकिएपछि देउवाले नयाँ सरकारको कसरत सुरु गर्नेछन् ।त्यही छनक पाएर हुनुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओली पनि जोडजोडले ‘यो सरकार ढल्दैन, कसैले टीका लगाएर दिएको होइन’ भन्दै हिँडेका छन् । जब प्रधानमन्त्री र मन्त्रीहरुले नै यो सरकारलाई कसैले ढल्न सक्दैन भन्न थाल्छन् भने नयाँ सरकार बनाउने खेल सुरु भएछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।देउवाको भित्री तयारी र प्रधानमन्त्रीको हतासपूर्ण अभिव्यक्तिलाई विश्लेषण गर्दा पर्दा पछाडि सरकारको जोड घटाउ सुरु भएको बुझ्न सकिन्छ ।

‘स्लो’ इन्टरनेट चल्नेमा नेपाल विश्वकै दोस्रो, कहिले होला ‘फास्ट’?

इन्टरनेट सुस्त गतिमा चल्ने देशहरुमध्ये नेपाल विश्वकै दोस्रो नम्बरमा पर्छ। करिब २२ वर्ष अघि नेपाल इन्टरनेटका मार्फत् विश्वसँग जोडिन पुगेको हो। पछिल्लो समय नेपालमा इन्टरनेट प्रदायक कम्पनीहरु एक दर्जनभन्दा बढी छन् तर आधादर्जन जतिले मात्र सेवा दिइरहेका छन्।
२५६ एमबिपिएस स्पीडको इन्टरनेट जोडेकोमा त्यसको आधा स्पीडमा पनि नचल्ने भन्दै सेवाग्राहीले धेरै नै गुनासो गर्ने गरेका छन्। नेपालमा अहिले वल्र्डलिंक, सुविसु, भायानेट, वेभ सर्र्फर, ब्रोडलिंक, आइटेललगायतका कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् ।
ग्राहकको गुनासोको विषयमा कुरा गर्दा उनीहरु इन्टरनेटको गतिमा कुनै पनि समस्या नभएको दाबी गर्छन्। नेपालमा झन् लोडसेडिङको बेला धेरै नै सुस्त गतिमा चल्ने गरेको छ। कहिले काँही प्रविधिक समस्याका कारण मात्र प्रयोगकर्ताले समस्या खेप्नु परेको तर सेवाग्राहीले माग गरे बमोजिमको स्पीडमा कमी नआएको कम्पनीहरुको दाबी छ।
सेवाग्राहीले भने बिहानभन्दा
‘लोडसेडिङ भएको समयमा पनि हामीले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएका छौँ,’ भायानेटका म्यानेजर अजिज श्रेष्ठले भने, ‘फाइबर अप्टिक्स भएका कारण लोडसेडिङले खासै असर पारेको छैन।’ उनले ग्राहकले भने बमोजिमकै स्पीडमा नेट प्रदान गरेको दाबी गरे।
साँझ इन्टरनेट नै नचल्ने गरेको बताउँदै आएका छन् । जावलाखेलका अमित महर्जनले आफूले साँझपख कहिल्यै सहज तरिकाले इन्टरनेट चलाउन नपाएको गुनासो गरे।
‘हाम्रो समस्या भनेको कहिलेकाँही हुने प्राविधिक गडबडीमा मात्र हो,’ उनले भने, ‘यस्तो समस्या भएमा हामी ग्राहकलाई खबर गर्छौँ। साथै कुनै कारणले इन्टरनेटको केबल चुँडिएमा भने स्थिति हेरेर समस्याको समाधान गर्ने गरेका छौँ।’
आइटेलले पनि लोडसेडिङका कारण केबल र फाइबर इन्टरनेट प्रयोगकर्ताले हालसम्म कुनै प्रकारको समस्या भोग्नु नपरेको बताएको छ। आइटेलका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटमा कुनै समस्या भएमा मात्र हाम्रा ग्राहकलाई केही असहजता हुन्छ। नत्र भने कुनै प्रकारको समस्या छैन।’
केबल इन्टरनेट प्रयोगकर्ताले भने ‘ब्याकअप’ समस्याका कारण कहिलेकाँही अप्ठ्यारो हुने उनले बताए। ‘बत्ती नभएका बेला केबल इन्टरनेटमा कहिलेकाँही समस्या हुने गरेको छ’ सुबिसुकी सुपरभाइजर संगीता खड्काले भनिन्, ‘अप्टिकल फाइबर इन्टरनेट प्रयोग गर्दा समस्या छैन। प्राविधिक कारणले मात्र ग्राहकलाई समस्या हुन्छ। लोडसेडिङ बढेपछि धेरै जसो ग्राहकले इन्भर्रटर प्रयोग गर्दै आएका छन्। त्यसैले कुनै खासै समस्या छैन।’
साथै कम्पनीसँग १० घण्टासम्मको ब्याकअप सुविधा भएका कारण प्रयोगकर्ताले कुनै प्रकारको समस्या झेल्नु नपर्ने खड्काले बताइन्। उनले भनिन्, ‘कुनै कारणले केबलमा समस्या आएमा पर्याप्त जनशक्ति भएका कारण छिटो भन्दा छिटो समस्या समाधान गर्न हामी तत्पर छौँ। कुनै पनि प्रकारको समस्याको हामी २४ घण्टा भित्र नैसमाधान गर्छौँ।’
‘लोडसेडिङले सेवामा खासै असर गरेको छैन,’ वल्र्डलिंककी रिजु शाक्यले भनिन्, ‘नाकाबन्दीका समयमा केही असहता भएको थियो। हाल हामी जेनेरेटरले ब्याकअप दिइरहेका छौँ। प्रयोगकर्ताले पनि राउटर चलाउन इन्भर्रटरको प्रयोग गर्ने गरेका छन्।’
‘ब्याकअप भएका कारण इन्टरनेट सेवा दिन त्यस्तो खासै समस्या छैन,’ वेबसर्फरका संचित खड्काले भने, ‘हामीले निरन्तर सेवा दिँदै आएका छौँ।’ इन्टरनेट प्रदायक कम्पनीहरुले सेवामा समस्या नभएको र कहिले काँही प्राविधिक समस्या मात्र आउने गरेको दाबी गरेपनि सेवाग्राही भने उनीहरुको सेवाबाट सन्तुष्ट छैनन्। पैसा खर्च गरेर नेट जोडेपनि आफुले चाहे जति स्पीडमा नचलेका कारण दिक्क भएका छन्।
एउटा ग्राहकलाई दिएको लाइनबाट नै अर्को ग्राहकलाई सोही स्पीडकोसेवा दिने गरेका कारण सुस्त हुन पुगेको एक इन्टरनेट प्रदायक कम्पनीमा काम गरेर हाल कतारमा रहेका एक नेपालीले भने।
उनले इन्टरनेट प्रदायक कम्पनीहरुलाई अनुगमन गरी यस्ता प्रकारका काम बन्द गर्नुपर्नेमा सबैको ध्यान जानु पर्ने बताए।
उपभोक्ता ठगेको आरोपमा केही कम्पनीमाथि सेवाग्राहीले कारबाहीको माग गर्दै प्रहरीमा समेत उजुरी दिएका छन् । इन्टरनेट प्रदायक संस्थाहरुमा प्रहरीले छिट्टै छापा मारेर इन्टरनेट स्लो हुनुको कारण माग गर्ने तयारी गरेको छ।

के गगनले अर्जुननरसिंह केसीलाई हराएका हुन् ?

महामन्त्रीमा शशांक कोइरालाले जितेर अर्जुननरसिंह केसी र गगन थापा दोस्रो र तेस्रो मत ल्याएपछि गगनले ससुरालाई हराए भन्ने टिप्पणी हुन थालेको छ। के गगन नउठेका भए अर्जुननरसिंह केसीले जित्ने थिए ? ती जनाले पाएको मतको विश्लेषण गर्दा त्यस्तो देखिन्न। शशांकले १४१७, अर्जुननरसिंहले १०१७ र गगनले ५८४ मत पाएका छन्। गगन नउठेको भए उनलाई गएको ५८४ मध्ये ४९२ मत केसीलाई जाँदा पनि उनले जित्ने थिएनन्। केसीले पाएको १०१७ मा ४९२ मत जोड्दा जम्मा १५०९ मत हुन्थ्यो। गगनको ५८४ मध्ये केसीलाई ४९२ गएर बाँकी रहेको ९२ मतमात्रै शशांकलाई जाँदा पनि उनको १५०९ मत पुग्थ्यो।गगन लामो समयदेखि संस्थापन पक्षमै छन्। उनी नउठेका भए उनले पाएकोमध्ये भारी मत देउवा प्यानलबाट उठेका केसीले पाउँथे होलान् भन्नु तर्कसंगत हुन्न। बरु गगन नउठेका भए उनले पाएको मतमध्ये धेरै बीपी पुत्र शशांकले नै पाउने सम्भावना थियो। 

चिनियाँ राष्ट्रपति नेपाल आउने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत हुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । ६ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकारनिकट स्रोतले बताएका छन्।नागरिक दैनिकमा समाचार छ।उदीयमान पाँच अर्थतन्त्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को समूह ब्रिक्सको अध्यक्षता गत फेब्रुअरीदेखि भारतले गरिरहेको छ । डिसेम्बरसम्म अध्यक्षता गर्ने क्रममा भारतले दिल्लीमा ब्रिक्स सम्मेलन आयोजना गर्ने तयारीमा छ । सेप्टेम्बर–अक्टोबरमा हुने सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित ब्रिक्स राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।ब्रिक्स सम्मेलनमा सहभागी हुन दिल्ली जाने क्रममा चिनियाँ राष्ट्रपतिले दक्षिण एसियाका भारत, नेपाल र बंगलादेश भ्रमण गर्ने तयारी गरिरहेको स्रोतले उल्लेख गरेका छन् । दुई वर्षअघि चिनियाँ राष्ट्रपतिले माल्दिभ्स, श्रीलंका र भारत भ्रमण गरेका थिए भने गत वर्ष पाकिस्तान गएका थिए । दक्षिण एसियाका नेपाल र बंगलादेशमा राष्ट्रपति सीको यो पहिलो भ्रमण हुनेछ ।राष्ट्रपति ज्याङ जेमिनले १९९६ मा नेपाल भ्रमण गरेयता कुनै चिनियाँ राष्ट्रपति नेपाल आएका छैनन् ।

याे प्रजातान्त्रिक प्रणालीको जीत होः देउवा


  विष्णु बुढाथोकी काठमाडौं, फागुन २५ 

तेह्रौं राष्ट्रिय महाधिवेशनबाट भारी मतले निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जीत भएको प्रतिक्रिया दिएका छन्।आफू निर्वाचित भएपछि देउवाले संक्षिप्त कुराकानी गर्दै भने, ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे। 

पुष्पकमल दाहाल र मोहन बैद्यबीच एकता हुने

काठमाडौं, फागुन २२ । एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच शीघ्र पार्टी एकता हुने भएको छ । ती दुवै पार्टीका शीर्ष नेताहरूबीच बिहीबार राति भएको बैठकमा यस्तो सहमति भएको खुलासा क्रान्तिकारीका महासचिव रामबहादुर थापा (बादल) ले गरेका छन् ।दुई पार्टीको एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएअनुसार चैत पहिलो सातासम्म एकता हुने खुलासा बादलले गरे ।पार्टी केन्द्रीय स्कुल ब्युरोले राजधानीमा आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै बादलले भने, ‘चैत पहिलो सातासम्म दुई पार्टीबीच एकता हुन्छ । यसका लागि दुवै पार्टीको केन्द्रीय समितिको बैठक केही दिनभित्रै बस्नेछ ।’एकताका विषयलाई विश्राम दिन दुवै पार्टीबीच गठन भएको ‘माओवादी पार्टी पुनर्गठन अभियानु को बैठक तीन दिनयता निरन्तर रूपमा बसिरहेको जानकारी अभियानका एक सदस्यले दिए ।अभियानले एकताका लागि चालेको कदम र मुलुकसमक्ष देखिएका चुनौती सामना गर्न दुई पार्टी एकता अपरिहार्य रहेको निष्कर्षका साथ बिहीबार राति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य र महासचिव बादलबीच गोप्य बैठक बसेको थियो । बैठकमा दुवै पक्षले एकताविरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति गरेका छन् ।बैठकमा वैद्यले नौलो जनवादी क्रान्ति पूरा भएको छैन भन्नेमा अडान लिएका थिए भने दाहालले नौलो जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संघर्षका सबै नीति अपनाई अघि बढ्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो । यद्यपि वैद्यले त्ययबारेमा आफूले राजनीतिक दस्ताबेज लेख्न पाउनुपर्ने माग गरेका थिए ।सहमतिअनुसार वैद्यले शनिबारदेखि दस्ताबेज लेख्ने र त्यसलाई पार्टीको फरक मतका रूपमा नभएर वैद्यको विचारका रूपमा राख्ने सहमतिसमेत भएको स्रोतले बतायो ।पार्टी एकताका लागि दाहालले हदैसम्म लचकता अपनाउँदा पनि पूर्णता नपाएमा बादल पक्षका सबै एमाओवादीमा एकीकृत हुने र वैद्यले स्वीकार— अस्वीकार जे गरे पनि उनलाई एकीकृत पार्टीको संरक्षकको सम्मान दिने तयारी भइरहेको छ ।संगठनको नेतृत्वमा तीनवटा विकल्पमाथि छलफल भएको छ । त्यसमा जो जे छ, त्यही हुने, पहिलेकै स्वरूपमा जाने र दाहाल संयोजक रहेको एकता सम्मेलन आयोजक समिति गठन गर्ने रहेको स्रोतले बतायो ।एकताका लागि क्रान्तिकारीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदालाई सकारात्मक रूपमा रहेको दाबी गरेको छ ।  एमाओवादीबाट आएको जबाफी पत्रमा नयाँ संविधान राज्यसत्ताको स्वरूप र राष्ट्रियताका विषयमा निकट रहेको जानकारी स्रोतले दियो ।
एमाओवादीका समाजवादी आन्दोलनको स्वरूप र क्रान्तिकारीको जनवादी आन्दोलनको स्वरूप असफल भएकाले अब नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत दुवै पक्ष सहमत भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

भान्सामा सिलिण्डरको म्याद गुज्रिएको त छैन, कसरी थाहा पाउने ?

बेलाबेलामा ग्यास सिलिण्डर लिक हुने, विष्फोट हुने जस्ता घटनाहरु सार्वजनिक हुने गरेका छन्। कतिपय सिलिण्डर म्याद सकिएको लामो समयसम्म पनि प्रयोगमा ल्याइरहँदा समेत यस्ता घटनाहरु दोहोरिने गरेको पाइन्छ। सर्वसाधारणलाई सिलिण्डरको म्यादका सम्वन्धमा जानकारीको अभाव हुँदा पनि जोखिम मोल्न बाध्य भएका छन्।आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा लण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्। वाणिज्य विभागबाट पछिल्लो समयमा अनुगमन गरिरहेका अधिकारी गिरीराज भट्टराईका अनुसार सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्। ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबु्रअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ। त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइन्छ। यसअघि आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा धादिङका ग्यास उद्योगमा अनुगमन गर्दा हाइड्रोलिक टेष्ट नै नगरी सिलिण्डरमा रङ लगाएर ग्यास फिलिङ गर्ने गरेको पाइएको हो। हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। नेपाल आयल निगम वितरण शाखा प्रमुख मुकुन्द घिमिरेका अनुसार सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन। सिलण्डरको म्याद मात्रै होइन, सिलिण्डरको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको तौल १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ। यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ। त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्यासको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्यासको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ। 

जन्ती बोकेको ट्याक्सी यसरी पल्टियो

संखुवासभाः जलजला गाविस–७ बाट जन्ती लिएर खाँदबारी–२ चेवाका लागि छुटेको ट्याक्सी खाँदबारीको सभाखोला बर्डेनी नजिक दुर्घटना भएको छ । 
 ग१च २१५५ नम्बरको ट्याक्सी दुर्घटना हुदाँ बेहुलाको बुवा गोपाल पोर्तेल र बहुलाको भाइ इन्द्रबहादुर पोर्तेल घाइते भएको छ । ट्याक्सीमा सवार १९ जनामध्ये १७ जना सकुसल छन् । इन्द्रबहादुरको दायाँ खुट्टा मर्केको र गोपाल टाउकामा चोट भएको स्थानीय शिक्षक दिपक खड्काले जानकारी दिए । 
 घटनास्थलमा प्रहरी जाने क्रममा छ । दुर्घाटना ट्याक्सीमा बढी यात्रु भएकाले ब्रेक फेल भएको बुझिएको छ । स्रोत :- अन्नपूर्ण पोष्ट

प्रधानमन्त्री ओलीले भने- कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन, विस्तार हुन्छ

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पनि आफ्नै नेतृत्वको सरकार कायम रहने बताएका छन् ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार कांग्रेस महाधिवेशनपछि बिस्तार हुने तर परिवर्तन नहुने बताएका हुन् ।
शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ने.का. महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुन्छ ।’
सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अभिव्यक्ति दिँदै आएका बेला प्रधानमन्त्री ओलीले पनि कांग्रेसलाई समेट्ने संकेत स्वरुप सरकार विस्तार हुने धारणा सार्बजनिक गरेका हुन् ।कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्वोधन गर्दै ओलीले कांग्रेससँग मिलेर अघि बढ्न चाहेको अभिव्यक्ति दिएका थिए ।