Home »
मनोरञ्जन
» लिक भयो 'कबड्डी कबड्डी',निश्चल भन्छन, '२० देखि २५ लाख घाटा '

यस वर्ष सर्वाधिक व्यापार गरेको रामबाबु निर्देशित फिल्म 'कबड्डी कबड्डी' प्रदर्शन नसकिदैं पाइरेसीको मारमा परेको छ। फिल्म Youtube मा एकपछि अर्को च्यानलबाट रिलिज भइरहेको छ। फिल्मका निर्माता मध्येका एक अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले फिल्मको पाइरेसीले आफूहरुलाई करिब २०-२५ लाख घाटा हुने प्रारम्भिक अनुमान गरेको बताएका छन्।
'यूएसको थुप्रै शोहरु बाँकी छ, हङ्गकङ्गको पनि बाँकी छ, दुबईमा पनि बाँकी नै रहेको छ। फिल्म रिलिज भएपछि शोहरु क्यान्सिल हुने सम्भावना रहेकाले २०-२५ लाख घाटा हुनेछ।' उनले भने।निश्चलले हिजो शनिबार फोन आएपछि फिल्म पाइरेसी भएको आफूले थाहा पाएको जानकारी दिए। उनले उनीहरू हाल फिल्मलाई Youtube बाट फिल्मलाई हटाउन लागि रहेको बताए। 'कबड्डी कबड्डी' निर्माण टिमले फिल्म हटाइरहेको भएपनि फिल्म Youtube मा एकपछि अर्को गरी अपलोड भइरहेको छ।निश्चलले थप कुरा गर्दै दोषी पहिचान गरेर घाटा सोहि व्यक्तिबाट पूर्ति गरिने बताएका छन्। उनले फिल्म नेपालबाट नभइ विदेशबाट अपलोड गरिएको जनाए। 'कबड्डी कबड्डी' 'कबड्डी' फिल्मको दोस्रो सिक्वल हो।
0 comments:
Post a Comment