मृत्युभन्दा पहिले विद्यार्थीका अन्तिम सेल्फी, भयानक कार दुर्घटनाले लियो चारको ज्यान (फोटोफिचर)

पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा उच्च गतिको होन्डा सिटि कार सडकको किनारामा ढुङ्गामा ठोक्किएपछि ८ फिटमाथि उछिट्टिएर  रुखमा ठोक्कियो । जसका कारण कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भयो भने कारको पछाडि बस्ने एक युवक गम्भीर रुपमा घाइते भएका छन् ।
घटनाको केहि मिनटे पहिले पाँचै जना रोकिएर फोटो खिचेका थिए । फोटो खिचेपछि उनीहरुको कार चलाए र भिडियो बनाउन सुरु गरे ।
भिडियोमा पाँचै विद्यार्थी ठूल्ठूला आवाजमा लिखे जो खत तुझे…’ गीतमा झमिरहेका थिए र गाडीको गती पनि निकै तेज देखिएको छ ।
उक्त फोटो र दुई मिनेटको भिडियो बनाएलगत्तै उनीहरुले स्न्यापच्याट एपमा पनि अपलोड गरेका छन् ।
स्रोतका अनुसार दिउँसो करिब २ बजेर १५ मिनेटमा भएको उक्त दुर्घटना यति भयानक थियो कि कार चलाइरहेका गौरिश वर्माको गिदी रुखमा टाँस्सिएको थियो ।
एक युवतीको हात उखेलियो, एक युवकको टाउको किच्चियो र अर्काको खुट्टा फाटियो ।
प्रत्यक्षदर्शीका अनुसार कारको गती १५० किलोमिटर प्रतिघण्टा भएका कारण कार टुक्रा टुक्रामा बाँडिएको थियो ।
स्थानिय थाना मुल्लापुरका पुलिसले अन्य मानिसको सहयोगले शवलाई बाहिर निकालेको बताइएको छ ।
मृतकको पहिचान संयम अरोडा, गौरीश वर्मा, रिशिका बस्सी र मालीगञ्जकी इशानी जिन्दलको रुपमा भएको छ ।
अक्षित ग्रोवर (२४) अस्पतालमा उपचार गराइरहेका छन् । मृतक सबैको उमेर २२ देखि २४ बिच रहेको बताइएको छ ।
तीन महिना पहिले खरिद गरेका थिए कारः
जानकारीका अनुसार संयम अरोडा गजियाबादको एक कलेजबाट बीटेक गरिरहेका थिए र उनका पिताको अरोड रिफ्रेशमेन्टको नामको एउटा पसल छ ।
गौरीश मंडी इन्जिनियरिङ गरिरहेका र ईशानी लुधियाना सरकारी कलेजमा बीए फाइनलकी छात्रा हुन् ।
इशानीका पिता कर्पोरेहनका जोनडीमा क्लर्क छन् । संयमले तीन महिना पहिले मात्र नयाँ होन्डा सिटि कार खरिद गरेका थिए ।
कलेजमा जाडो महिनाको छुट्टी चलिरहेको थियो र पाँचैजनाले शुक्रबार बिहान घुम्न जाने योजना बनाएको बताइएको छ ।
योजना अनुसार उनीहरु सबै दिउँसो १ बजेतिर घरबाट निस्किएका थिए । कारलाई गौरिशले चलाइरहेका थिए ।
उनीहरुले चारवटा बियरको बोतलसमेत किनेको भेटिएको छ ।
कारको एकाएक नियन्त्रण बिग्रिएपछि सडकको किनारामा रहेको ढुङ्गामा ठोक्किएपछि टेकअफ गरेर ८ फिट माथि उछिट्टिएर एउटा रुखमा ठोक्किन पुगेको थियो ।
कार सवारले मदिरा पिएका थिए, थिएनन् भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि थाहा हुने बताइएको छ ।






महिला इन्जिनियर सरितालाई कुर्सीमा बाँधेर जिउँदै जलाइयो

बिहारको मुजफ्फरपुरमा एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको आरोप लागेको छ । उनकी आमा कुसुम देवीले नजिकै रहेको चप्पल र लुगा देखेर शवको पहिचान गरेको बताइएको छ ।
हिला इन्जिनियर सरिता देवी मनरेगामा जुनियर इन्जिनियर (जेई) थिइन् र जिल्लाको मुरेल ब्लकमा मनरेगामा कार्यरत थिइन् ।
सोमबार बिहान महिलाको घरमा सर्ट सर्किटले आगो लागेको सूचनामा स्थानीयहरु एकत्रित भएका थिए । निकै बेरसम्म घरभित्रबाट कसैको पनि आवाज नसुन्दा केही मानिसहरु घरभित्र छिरे । उनीहरुले त्यहाँ कुर्सी जेलेको देखे । कुर्सीसँगै खुट्टाको जलेको हड्डी पनि उनीहरुले देखे ।
मिडिया रिपोर्ट अनुसार, घटनास्थलमा सुसाइड नोट पनि पाइएको छ । महिलाको शरिर निकै नराम्रो सँग जलेको छ जहाँ हड्डीहरु मात्र बचेको थियो । पुलिसले शरिर जलाउनका लागि कुनै रसायनको प्रयोग हुनसक्ने आशंका जताएको छ ।
भारतीय मिडियाको दाबी अनुसार सरिताको उनका श्रीमान् विजय सिंहसँगको सम्बन्ध राम्रो थिएन । उनी अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधीन घरमा आफ्ना दुई छोराहरुसँगै बस्दै आएकी थिइन् । घटना भएको दिन उनका एक छोरा हजुरआमाको घरमा गएका थिए भने अर्का छोरा ध्रुव दरभंगामा पोलिटेक्नीकको पढाई गरिरहेका छन् ।
एसएसपी विवेक कुमारका कारण घटनालाई सरसर्ती हेर्दा यो सरिताको हत्या भएको देखिन्छ । अनुसन्धानका लागि घरलाई पूर्ण रुपमा सिल गरिएको छ भने घर मालिक विजय गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिएको जानकारी उनले दिएका छन् ।

लभ गर्ने जोडीलाई यसरी हानियो कोर्रा

ईण्डोनेसियामा विवाह भन्दा पहिले प्रेम सम्बन्ध कायम गर्ने एक जोडीलाई ८ कोर्रा हान्ने सजायँ दिइएको छ ।बान्दा एकेह क्षेत्रमा रहेको बेतुरहीम मस्जिद बाहिरको सार्वजनिक क्षेत्रमा ती अभियुक्त युवा युवतीलाई हालै ८।८ पटक बेतबाँसको लठ्ठीले कोर्रा हानिएको छ । सजायँ पाउने २१ वर्षका युवक तथा १९ वर्षकी युवती केही दिनअघि डेटिंग गरिरहेको बेला रंगेहात पक्रिएका थिए ।प्रत्यक्षदर्शीका अनुसार बेतको लौराले ८ पटक हिर्काउँदा ती युवती बेहोस बनिन् र महिला प्रहरी आएर उनलाई उठाएका थिए । शरिया कानूनको खिलाफ बिहेअघि प्रेम गरेको अभियोगमा उक्त जोडीका अलावा अन्य विभिन्न अभियोगमा अरु १६ जनालाई पनि कोर्राँ हान्ने सजाय दिइएको छ । त्यसमध्ये ६ युवकलाई रक्सी खाएको आरोपमा ४०।४० कोर्रा हानिएको छ ।

अन्तर्राष्ट्रिय समाचार