Home » » महानायक राजेश हमालले पनि खुलेरै गरे केपी ओलीको प्रशंसा

महानायक राजेश हमालले पनि खुलेरै गरे केपी ओलीको प्रशंसा

काठमाडौं,  । महानायक राजेश हमालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेरै प्रशंसा गर्नुभएको छ ।राष्ट्र र जनहित विपरित रहेको संविधान संशोधन विधेयकविरुद्ध अन्य ९ पार्टीलाई संगै लिएर आन्दोलनको नेतृत्व गरिरहनुभएका पूर्व प्रधानमन्त्री ओलीको महानायक हमालले सामाजिक सञ्जालमार्फत प्रशंसा गर्नुभएको छ । शुक्रबार मध्यान्ह आफ्नो फेसबुक एकाउटमा स्टाटस लेखेर उहाँले ओलीको प्रशंसा गर्नुभएको हो । उहाँले नेता ओली र आफ्नो दुई तस्बिरहरुलाई जोडर एकैसाथ फेसबुकमा समेत राख्नुभएको छ ।महानायक हमालले आफ्नो फेसबुक एकाउन्ट मार्फत भन्नुभएको छ- ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ । शुभकामना ।’ उहाँले आफ्नो स्टाटसमा नेता ओली नेतृत्वले संशोधन विधयेकविरुद्ध थालेको आन्दोलनलाई समेत शुभकामना दिएको प्रष्ट देखिएको छ । उहाँको फेसबुक स्टाटसको अन्यमा लेखिएको शुभकामना शब्दले नेता ओलीले थालेको आन्दोलनलाई समर्थन गरेको बुझिन्छ ।ओलीको खुलेर प्रशंसा गर्नुभएका हमालले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्याता समेत लिनुभएको छैन । साथै उहाँले कुनै पनि पार्टी विशेषको नीति तथा कार्यक्रमसँग सहमत हुने गरी सार्वजनिक रुपमा भाषण समेत दिनुभएको छैन । गएका चुनावी माहोलमा महानायक हमाल पार्टी प्रवेश गर्ने हल्ला चलेपनि त्यो हल्लामा मात्रै सिमित भएको थियो । पछिल्लो समय थुप्रै कलाकारहरु पार्टी प्रवेश गरिरहेको बेलामा महानायक हमाल भने देशको समृद्धिका लागि कदम चाल्ने व्यक्तिको प्रशंसा गर्दै आउनुभएको छ ।कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अन्य कलाकारहरु पार्टी प्रवेश गर्ने लहर चलिरहेका बेला महानायक राजेश हमाल भने अहिलेसम्म कुनैपनि पार्टी विशेषमा राष्ट्रियताको पक्षमा लाग्ने नेताहरुको प्रशंसा गर्दै आउनुभएको छ ।केही समय अघि नायिका रेखा थापा र कोमल ओली राप्रपामा प्रवेश गर्नुभएको थियो भने करिष्मा मानन्धर र सरोज खनाल नयाँ शक्ति पार्टीमा लाग्नुभएको छ ।पछिल्लो समय कला, साहित्य क्षेत्रका व्यक्तित्वहरुले ओलीसँग भेटघाट बढाउनुभएको छ भने प्रशंसा गर्दै राष्ट्रियता जोगाउन हौसला दिइरहनुभएको छ ।

0 comments:

Post a Comment