मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य

वास्तवमा सेक्स पनि अपान वायु फ्याँक्नु जस्तै हो । दुनियामा सबै मानिसले पाद्छन् तर आफूले पादेको भनेर स्वीकार गर्न निकै गाह्रो मान्छन् ।
सेक्सको विषयमा आफुले गरेका केही अन्तरंग क्रियाकलापहरुको बारेमा पनि मानिसहरु अरुलाई बताउन चाहँदैनन् र आफुसँग मात्रै सिमित राख्दछन् । मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य यस्ता छन्ः
१. अरुसँगै सहवासको कल्पनाः  यसलाई फन्टासी पनि भनिन्छ । आफ्नो पार्टनर बाहेक आफूलाई मन परेको अरु व्यक्तिसँग सहवास गरेको कल्पना सबैले गर्छन् । यस्तो कल्पना हुनु सामान्य मानवीय स्वभाव हो र यस्तो कल्पना आउँदैमा आफ्नो पार्टनरबाट सन्तुष्ट नभएको वा पार्टनरप्रति विश्वास नभएको भन्ने हुँदैन । तर आफूले अरु कसैसँग सम्भोग गरेको कल्पना गरेको कुरा कसैले पनि आफ्नो पार्टनरलाई भन्दैन ।
२. चरम आनन्दको बहानाः  कतिपय महिलाहरुलाई सम्भोगमा चरमोत्कर्ष प्राप्त गर्न गाह्रो पर्छ । यसो भन्नुको मतलब उनीहरुले यौनमा आनन्द नै पाउँदैनन् भन्ने होइन तथा क्लाइमेक्समा पुग्न भने सधै पाउँदैनन् । कतिपय पुरुषहरु सोँच्छन् की महिलाहरु क्लाइमेक्समा नपुगेसम्म उनीहरुले सेक्समा आनन्द प्राप्त गर्न सक्दैनन् । त्यसैले आफ्नो पार्टनरलाई त्यस्तो अनुभुति हुन नदिन र आफु पूर्ण रुपमा सन्तुष्ट भएको देखाउनका लागि कतिपय महिलाहरुले चरम आनन्द प्राप्त नभैकन पनि चरमोत्कर्षमा पुगेको बहानाबाजी गर्दछन् । आफुलाई चरम आनन्द प्राप्त गर्न गाह्रो हुने कुरा उनीहरु लुकाउन चाहन्छन् ।
३.पार्टनरले सँगै पोर्न हेर्ने गरेकोः  धेरै महिला पुरुषले जोडी कँसेरै पोर्न फिल्म हेर्ने गर्छन् । तर आफुले पार्टनरसँगै पोर्न फिल्म हेर्ने र सोही मुताविक सहवासको प्रयास गर्ने गरेको कुरा भने उनीहरुले तेश्रो व्यक्तिलाई बताउन चाहँदैनन् ।
४.गुँदा मैथुनः  सहवासमा आएको नयाँपन तथा सेक्स सम्बन्धी बदलिँदो धारणासँगै मानिसहरु पार्टनरबीच सेक्सको मामिलामा खुल्दै गएका छन् र देखासिकी गरेरै भएपनि धेरैले गुँदा मैथुन अर्थात् एनल सेक्स गर्ने गर्छन् । तर यस बारेमा सेक्स सम्बन्धी सबै कुरा खोल्ने तेश्रो साथीलाई समेत भन्न लजाउँछन् ।
५.रजश्वलामा सहवासः  यद्यपि रजश्वला भएको बेला सबैले सेक्स गर्छन् भन्ने छैन । तर धेरै दम्पतिहरुले रजश्वला भएको बेला पनि नियमित रुपमै सहवास गर्ने गर्छन् । अझ रजश्वला भएको बेला महिलालाई छिटै चरम आनन्द प्राप्त हुने धारणा पनि छ । रजश्वला सहवासको दर बढ्दै गएको भएपनि आफुले रजश्वला भएको बेलामा समेत पार्टनरसँग सेक्स गर्ने गरेको कुरा भने मानिसहरु लुकाउनै चाहन्छन् ।

अनौठो पुलिस फोर्स, जहाँ सुन्दरीहरु मात्र भर्ति हुन्छन्

मेक्सिकोको एकापुल्को सहरमा एउटा यस्तो प्रहरी बल रहेको छ जसमा केवल सुन्दरी तथा जवान महिलाहरुलाई मात्र भर्ती लिइन्छ । यो पुलिस फोर्समा केवल १८ देखि २८ वर्षका युवतीहरुले मात्र काम गर्न पाउँछन् । यो पुलिस टुकडीको काम ट्राफिक व्यवस्थापन गर्नु, समुद्री तटमा गस्ती गर्नु तथा अपराधी पक्रिनु हो ।
केवल युवतीलाई मात्र भर्ति लिने यो पुलिस फोर्सको रोचक पक्ष के भने यसका प्रमुख कमाण्डर भने पुरुष छन् । पुलिस फोर्सका प्रमुख म्यानुएल फ्लोर्स हुन् । फोर्समा युवतीहरु मात्र भर्ति गर्नुका फाइदा बखान गर्दै उनी भन्छन् : यो सहरका जो जति अपराधी स्वभावका मानिसहरु छन् उनीहरुले समेत सुन्दरी महिला पुलिसको अगाडि नम्र व्यवहार गर्दछन् । मलाई आफ्नो पुलिस फोर्समाथि गर्व छ ।
अर्को रोचक कुरा के भने यी महिला प्रहरीलाई पर्यटकहरुसँग जिस्किन छुट दिइएको  छ । एकापुल्को सहरको ८० प्रतिशत अर्थव्यवस्था अमेरिकी पर्यटकले धानेको छ । पुलिस फोर्समा ससक्त महिलाहरुलाई देखेर पर्यटकहरुमा समेत आत्मविश्वास बढ्दछ ।
युवती भर्तिसँगै सहरमा पर्यटकमाथि हुने अपराधमा पनि कमी आएको छ । तर यो पुलिस फोर्समाथि पनि लैंगिक भएको आरोप लाग्ने गरेको छ । तर यस्तो आरोपले आफुहरुलाई कुनै फरक नपर्ने महिला प्रहरीहरु बताउँछन् ।

बिचित्रको संसार