२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पनि आफ्नै नेतृत्वको सरकार कायम रहने बताएका छन् ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार कांग्रेस महाधिवेशनपछि बिस्तार हुने तर परिवर्तन नहुने बताएका हुन् । नेका महाधिवेशन पछि सरकार परिवर्तन हाेइन विस्तार हुन्छ ।— PM K.P. Sharma Oli (@PM_Nepal)March 4, 2016
सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्डले सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अभिव्यक्ति दिँदै आएका बेला प्रधानमन्त्री ओलीले पनि कांग्रेसलाई समेट्ने संकेत स्वरुप सरकार विस्तार हुने धारणा सार्बजनिक गरेका हुन् ।कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्वोधन गर्दै ओलीले कांग्रेससँग मिलेर अघि बढ्न चाहेको अभिव्यक्ति दिएका थिए ।

0 comments:
Post a Comment