Labels:
खेलकुद समाचार
नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो
Posted by sudip
Posted on 8:57 PM
with No comments
२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ ।नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ ।विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेल वैशाख ४ र ६ (अप्रिल १६/१८) मा कीर्तिपुरमा गर्ने तय भएको थियो । तर, आईसीसीले अब यो खेल दिल्लीको ग्रेटर नोयडामा गर्ने सहमति जनाएको छ ।नेपाल र नामिबियाबीचको खेल तय भएको भन्दै ग्रटेर नोयडा इन्ड्रस्टियल डेभलोपमेन्ट अथोरिटीका म्यानेजर राजिव ग्यागीले भने-‘आईसीसीले पास गरेको छ । तर, अन्तिम क्लियरेन्स हुन बाँकी छ ।’ नेपाल क्रिकेट संघकी कार्यकारी अधिकृत भावना घिमिरेले पनि अन्तिम निर्णय हुन बाँकी रहेको बताइन् ।नेपालले यसअघि पपुवा न्यूगिनीसँग घरेलु मैदानमा खेल्ने मौका गुमाएको थियो । वैशाख १२ को भूकम्पपछि आईसीसीले नेपाल र पपुवा न्यूगिनीको खेल यूएईमा सारेको थियो । तर, दुबै खेलमा नेपाल पराजित भएको थियो ।यस्तै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेलेको थियो । त्यहाँ पनि दुबै खेल हारेको थियो ।नेपाल अझै अंकबिहीन छ र अंक तालिकाको पुछारमा छ । अब नेपालले नेदरल्याण्ड, केन्या, हङकङ र यूएईसँग खेल्न बाँकी छ । लिगको शीर्ष चार टोलीले २०१८ मा हुने विश्वकप छनोट खेल्ने मौका पाउनेछ भने पुछारका चार टोली डिभिजन २ मा झर्नेछ ।
Labels:
खेलकुद समाचार
बार्सिलोनाले तोड्यो २७ वर्षअघिको रेकर्ड, मेस्सीको ह्याट्रिक
Posted by sudip
Posted on 8:37 PM
with No comments
फागुन २१ – बार्सिलोनाले २७ वर्षअघिको स्पेनिस ला लिगाको एउटा रेकर्ड तोडेको छ । बिहीबार राति भएको खेलमा रायो भालेकानोलाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना लगातार ३५ खेलमा अपराजित रहेको हो ।
यसअघि लगातार धेरै खेलमा अपराजित रहेको रेकर्ड रियल मड्रिडको रहेको थियो । 
बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गरे । डिएगो लोरेन्टे र म्यानुअल लिटुर्राले रेर्ड कार्ड पाएपछि भालेकानो ९ खेलाडिमा सिमित भएको थियो ।
जितसँगै बार्सिलोना ८ अंकको अग्रतासहित अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाका लागि इभान र्याकिटिक र लुइस स्वारेजले १/१ गोल गरे । बिहीबारको ह्याट्रिकसँगै मेस्सीले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ३५ ह्याट्रिकसँग बराबरी गरेका छन् ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गरे । डिएगो लोरेन्टे र म्यानुअल लिटुर्राले रेर्ड कार्ड पाएपछि भालेकानो ९ खेलाडिमा सिमित भएको थियो ।
जितसँगै बार्सिलोना ८ अंकको अग्रतासहित अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । बार्सिलोनाका लागि इभान र्याकिटिक र लुइस स्वारेजले १/१ गोल गरे । बिहीबारको ह्याट्रिकसँगै मेस्सीले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ३५ ह्याट्रिकसँग बराबरी गरेका छन् ।
Labels:
खेलकुद समाचार

