१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ६ महिनाभित्र स्थानीय चुनाव गर्न सरकारलाई आग्रह गरेका छन् । नभए सरकार छाड्नु पर्ने उनले बताए ।
नेपाल विद्यार्थी संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै पौडेलले ६ महिनाभित्र गाउँपालिका बनाएर त्यसको चुनाव गराउन सम्भव रहेको दाबी गरे ।
पौडेलले भने, ‘गाउँ पालिकाको चुनाव नै भोलिको संसदको जग हो । म सरकारलाई के भन्न चाहान्छु भने, गाउँपालिका बनाएर ६ महिनाभित्रमा यसको चुनाव गराऊ सक्दैनौ भने छोड ।’
उनले गाउँपालिका बनाएर स्थानीय निकायको चुनाव नगराए देशमा संकट आउने खतरा पौडेलले औंल्याए । उनले भने, ‘यो संसद सकिन्छ माघ ७ गते र अर्को संसद नआउने भयो भने भ्याकुम हुन्छ देशमा । रिक्तता कायम हुन्छ मुलुकमा । त्यसैले राष्ट्रमा आउने खतरालाई ध्यान दिनुपर्यो ।’

0 comments:
Post a Comment