
काठमाडौं, फागुन २१ – नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले प्यानलसहित उमेद्वारी दर्ता गर्नुभएको छ ।शुक्रबार पार्टी कार्यालय सानेपा पुगेर उहाँले महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादवसहित उमेद्वारी दर्ता गराउनुभएको हो । यसअघि बिहीबार वरिष्ठ नेता शेरबहादुर देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवा समूहबाट देउवाले सभापतिमा, अर्जुन नरसिंह केसीले महामन्त्रीमा र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टी नेता केबी गुरुङको प्रस्ताव र अर्का नेता खुमबहादुर खड्काको समर्थनमा देउवाले उम्मेदवारी घोषणा गर्नुभएको हो । अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । बिहीबार बेलुकासम्ममा १ सय ७० जनाले विभिन्न पदमा उमेदवारी दर्ता गराएकामा शुक्रबार बिहानदेखि अहिलेसम्म झण्डै ५० जनाले उमेद्वारी दर्ता गरिसकेका निर्वाचन समितिले जनाएको छ ।
0 comments:
Post a Comment