‘लुट २’ टिजर रिलिज (भिडियो)

विसं. २०६९ को पुसमा रिलिज सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट २’को टिजर रिलिज भएको छ। फिल्म छायांकनमा जानुपूर्व नै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
 
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक निश्चल बस्नेतले लुट २ लुटभन्दा केही भिन्न रहने जानकारी दिए। ‘फिल्म समसामयिक सामाजिक विषयमा केन्द्रित हुनेछ,’ निश्चलले भने, ‘भूकम्प र नाकाबन्दीका साथै अपराधका विषयलाई मुल कथाका रुपमा पेश गरिनेछ।’ टिजरमा फिल्मलाई पैसा, शक्ति र बदलाकाे कथा भनिएकाे छ।

लुट रिलिज हुनुअघि चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको थियो। लुट रिलिज भयो। हिट पनि भयो र नेपाली फिल्मक्षेत्रमा थुप्रै गम्भीर प्रश्न उब्जाइदियो। 
 
फिल्ममा निर्देशकका साथै निर्माता र अधिकांश कलाकारहरु दोहोरिनेछन्। माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल स्वयं फिल्मका निर्माता हुन्। निश्चलको स्वामित्वमा रहेको ‘ब्ल्याक हर्स पिक्चर्स’ र वाग्लेको ‘प्रिन्सेज मुभिज’ को ब्यानरमा फिल्म निर्माण हुनेछ। 
लुटमा कर्मा, सौगात मल्ल, दयाहाङ राई, प्रतीकराज न्यौपाने, सुशीलराज पाण्डे, प्रवीण खतिवडा, ऋचा शर्मालगायतले अभिनय गरेका थिए। फिल्म फागुन १३ मा रिलिज हुनेछ।

रेखा, करिश्मा, दीपाश्रीको शैलीमा प्रियंकाको यस्तो नृत्य (भिडियो सहित)

नायिका प्रियंका कार्कीले नेपाली चलचित्रका चर्चित नायिकाहरुले आफ्ना चर्चित चलचित्रमा लगाएको पहिरनलाई समेटेर ‘हाउ फन्नी’को एक गीतमा नृत्य गरेकी छिन् ।‘शिरैमा सिरवन्दी’ बोलको गीतमा नायिका कार्कीलाई ३ चर्चित नायिकाको शैलीमा फिचरिङ गरिएको हो । ट्रेलरले युटुबमा राम्रो दर्शक बटुलेपछि यसको निर्माणपक्ष अहिले हौसिएको छ । बसन्त सापकाटाको संगीत र शब्द रहेको यो गीतमा मेलिना राइको स्वर छ । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको यो गीतमा नायिका कार्कीलाई पुराना हिट गीतमा देखिएका नायिकाहरुको शैलीमा उतारिएको हो । रेखा थापाले नृत्य गरेको ‘तिम्रो मन त चक्कु छुरी र तिर्खा लागे निरमाया’, करिश्मा मानन्धरले नृत्य गरेको ‘उडी उडी जान्छ’ र दीपाश्रीले नृत्य गरेको ‘गोली शिशाको’ पहिरनकै आधारमा यो गीतको भिडियो तयार पारिएको छ ।निलु डोमा शेर्पाले निर्देशन गरेको र माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्र वैशाख १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , नीशा अधिकारी , केकी अधिकारी , अनुप बिक्रम शाही, विजय बराल , शिशिर राना लगायत मुख्य भूमिकामा देखिदैछन् । हेर्नुस भिडियो :-

नयाँ मारधार वाला फिल्म

New South asian Film Dhanda No.1

नयाँ गीत यति चोखो यति मिठो माया

New Cover songs By Niraj Shrestha 

हाँगाबिँगा पार्टी सभापतिको रुपमा धुर्मुसको यस्तो रुप

...

लिक भयो 'कबड्डी कबड्डी',निश्चल भन्छन, '२० देखि २५ लाख घाटा '

यस वर्ष सर्वाधिक व्यापार गरेको रामबाबु निर्देशित फिल्म 'कबड्डी कबड्डी' प्रदर्शन नसकिदैं पाइरेसीको मारमा परेको छ। फिल्म Youtube मा एकपछि अर्को च्यानलबाट रिलिज भइरहेको छ। फिल्मका निर्माता मध्येका एक अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले फिल्मको पाइरेसीले आफूहरुलाई करिब २०-२५ लाख घाटा हुने प्रारम्भिक अनुमान गरेको बताएका छन्।'यूएसको थुप्रै शोहरु बाँकी छ, हङ्गकङ्गको पनि बाँकी छ, दुबईमा पनि बाँकी नै रहेको छ। फिल्म रिलिज भएपछि शोहरु क्यान्सिल हुने सम्भावना रहेकाले २०-२५ लाख घाटा हुनेछ।' उनले भने।निश्चलले हिजो शनिबार फोन आएपछि फिल्म पाइरेसी भएको आफूले थाहा पाएको जानकारी दिए। उनले उनीहरू हाल फिल्मलाई Youtube बाट फिल्मलाई हटाउन लागि रहेको बताए। 'कबड्डी कबड्डी' निर्माण टिमले फिल्म हटाइरहेको भएपनि फिल्म Youtube मा एकपछि अर्को गरी अपलोड भइरहेको छ।निश्चलले थप कुरा गर्दै दोषी पहिचान गरेर घाटा सोहि व्यक्तिबाट पूर्ति गरिने बताएका छन्। उनले फिल्म नेपालबाट नभइ विदेशबाट अपलोड गरिएको जनाए। 'कबड्डी कबड्डी' 'कबड्डी' फिल्मको दोस्रो सिक्वल हो।

मनोरञ्जन